नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा थुप्रियो शेयरधनीको ४२ करोड ११ लाख रुपैयाँ नगद लाभांश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा सेयरधनीहरू लिन नगएपछि करोडौ लाभांश रकम थुप्रिएर बसेको छ । मेगा बैंकसँग मर्ज भएपछि दुई बैंकको गरी ४२ करोड ११ लाख ९८ हजार ३९९ रुपैयाँ नगद लाभांश बैंकमा थुप्रिएको हो । बैंकले घोषणा गरेको लाभांशमध्ये आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म सेयरधनीहरुबाट दाबी नआएको उक्त नगद लाभांश रहेको छ । बैंकले पटक पटक लाभांश लिन सेयरधनीलाई सुचना मार्फत आग्रह गरिरहेको
सेयरधनी लाभांश रकम लिन नआएपछि बैंकममा थुप्रिएको रकमलाई लिएर बार्षिक साधारणसभामा सेयरधनीले  प्रश्न चिन्ह उठाएका थिए । बैंकबाट शेयरधनीलाई लाभांश लिन आउन पत्रपत्रिकामा सुचना मात्र गरेर होइन, फोन पनि गरेर सुचना दिन समेत अनुरोध गरेका छन् ।