नेपाली कांग्रेस ललितपुर जिल्ला पार्टी कार्यालय काे नियमित बैठक जिल्ला काे विभिन्न पालिकामा संचालन गर्ने निति अनुरुप २०८२/०२/३गते ललितपुर जिल्ला महाङकाल गाउँ पालिका गाेटिखेलमा जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ को सभापतित्वमा सम्पन्न भयाे ।
नियमित घुम्ती बैठकमा उपसभापति शुदर्शन घिमिरे,उपसभापति गजेन्द्र महर्जन ,सचिव राजन प्रसाद घिमिरे ,बशिष्ठ कुमार अधिकारी ,सहसचिव ऋषिदेव फुयाल,गणेश के.सी.,काेषाध्यक्ष दिलमन खडका .पुर्व केन्द्रीय सदस्य कवेल बहादुर लामा ,बागमती प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरे ,महासमिति सदस्य मथुरा घिमिरे ,नवराज महतज्यु,खुम प्रसाद घिमिरे ,क्षेत्र नं.१ का क्षेत्रीय सभापति सुन्दरमान थिङ, नेपाली कांग्रेस प्रदेश सभाका सभापति ज्युहरु,महानगरतथा नगर समिति का सभापतिहरु ,क्षेत्र नं.१.का विभिन्न वडाका निर्वाचित वडा अध्यक्ष तथा इकाई सभापतिहरु,स्थानीय तहका नेताहरु ,विभिन्न भातृ संगठनका प्रमुखहरु,जिल्ला कार्य समिति का सदस्यहरुको उपस्थिति रहेको थियाे।
बैठक सन्चालन सचिव बशिष्ठ कुमार अधिकारिले गर्नु भएको काे थियाे ।
भने बैठकमा उठेका सुझाउ सल्लाह र जिज्ञासा र बैठक बारेमा सभापति ले सम्बाेधन गर्दै बैठक अन्त्य गर्नुभएको थियाे ।

























