नेकपाका नेता विष्णु बहादुर मानन्धरको चौथो स्मृति दिवस

काठमाडौ ! आज मिति २०८१ चैत १६ गतेका दिन नेकपा (संयुत्त) का संस्थापक सम्मानित नेता स्व. का.विष्णुबहादुर मानन्धरको चौथौ स्मृती दिवशको कार्यक्रम नेकपा (संयुत्त) केन्द्रीय कार्यसमितिको आयोजनामा मैतीदेवी काठमाडौंमा पार्टी अध्यक्ष का. चन्द्रदेव जोशीको अध्यक्षतामा सम्मपन्न भयो ।उत्त कार्यक्रममा वरिष्ट आधिबत्ता कृष्णप्रसाद भण्डारी, सयुतका केन्द्रिय सचीव मधु वि. सी.नेपाल ट्रेड युनियन फेडेरेसनका पूर्व अध्यक्ष महेन्द्र आनन्द साह ,नेपाल जनता दलका -अध्यक्ष -हरिचन्द्र साह, रौतहट जिल्लाका वरिष्ट पत्रकार प्रेमचन्द्र झा, लेखक पुरुषोत्तम पोखरेल लगायतले आफ्नो मन्तव्य राख्नुभयो। कार्यक्रममा स्वागत मन्तब्य का.आशा महर्जनले र कार्यक्रमको सञ्चालन क. कृष्ण थापाले गर्नुभएको थियो।