नेकपा(एमाले) खोटाङ-काठमाण्डौ सम्पर्क मञ्चको शुभकामना आदान-प्रधान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम सप्पन्न

नेकपा (एमाले) खोटाङ–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा नयाँ वर्ष २०८२ सालको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा ‘भित्रे पात्रो’ लोकार्पण (सार्वजनिक) कार्यक्रम आज काठमाडौं को बिजूली बजार स्थित किष्टल पार्टी प्यालेसमा रुपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेकपा (एमाले) पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उप-प्रधानमन्त्री कमरेड ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा खोटाङ जिल्ला ईन्चार्ज विशाल भट्टराई विशेष अतिथि हुनुहुन्थ्यो।

तेसै गरि पुर्व कोशी प्रदेश सामाजिक बिकास मन्त्री तथा
नेकपा एमाले केन्द्रिय सदस्य खोटाङ (ख) ईन्चार्ज उषाकला राई , , खोटाङ जिल्ला (क) केन्द्रिय सदस्य ईन्चार्ज खगेन्द्र राई , नेकपा एमाले केन्द्रिय सदस्य तथा युवा विद्यार्थी विशेष ईन्चार्ज रमेश पौडेल हुनुहुन्थ्यो ।

खोटाङ काठमाडौ सम्पर्क मन्च दिपक प्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो।

कार्यक्रमको अवसरमा पार्टी प्रति विभिन्न कालखण्डमा आर्थिक, नैतिक तथा भौतिक रुपमा साथ, सहयोग, समर्थन र महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएकाहरुलाई मञ्चले उहाँहरुको योगदानको उच्च मूल्याङ्कनको कदर गर्दै प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको छ।

त्यसैगरी कोशी प्रदेश सम्पर्क कमिटी, युवा तथा खेलकुद विभागद्वारा आयोजित फुटसल प्रतियोगितामा विभिन्न समयमा सहभागिता जनाई, खेलकुदको माध्यमबाट नेकपा (एमाले) खोटाङ–काठमाडौं सम्पर्क मञ्चबाट प्रतिनिधित्व गर्दै विभिन्न स्थानमा उपाधि जित्न सफल सम्पूर्ण खेलाडीहरुलाई पनि पार्टीको गौरव अभिवृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ।

खोटाङबाट काठमाडौ आई नेकपा एमालेमा आबद्ध सम्पूर्ण सदस्य उपस्थित थिए ।