नागरिक जनमत पार्टी’का सात सय केन्द्रिय सदस्य पचिस सचिवालय बन्ने

जनमत र नागरिक उन्मुक्ति पार्टी एक भएर अब ‘नागरिक जनमत पार्टी’ बन्ने भएका छन्। रेशम चौधरी संरक्षक (आलङ्कारिक), सीके राउत कार्यकारी अध्यक्ष र रञ्जिता श्रेष्ठ तेस्रो वरीयतामा रहनेछन्। बुधबार काठमाडौँमा एकता घोषणा हुँदैछ। २५ सदस्यीय सचिवालय र ७०० सदस्यीय केन्द्रीय समिति हुनेछ। महाधिवेशन २०८५ मा गर्ने सहमति भएको छ। पार्टीको राजनीतिक कार्यदिशा सामुदायिक समाजवाद हुनेछ।