निमित्त प्रधानाध्यापक श्री चन्द्र कान्त पण्डित
पशुपति मित्र माद्यमिक विद्यालय चाबहिल काठमाडौं
हामीले जतिसुकै राम्रो र महङ्गो खाने खाए पनि त्यो शक्तिको लागि हो, जब त्यो खाइएको खाना हाम्रो पाचनप्रणाली भित्र छिर्छ र निस्कन्छ नि त्यो दुर्गन्धित नै भएर निस्कने हो। त्यसैले हाम्रा बालबालिका तपाईं हाम्रो प्रयासले प्रेरणा दिने हो त्यो प्रेरणाले खानाबाट शक्ति पैदा गर्दै विकारको रुपमा दिशा पिशाब निकाले झैं उनीहरुको मनमा रहेका काम, क्रोध, मोह, लोभ र अहँकारबाट मुक्त गराई उनीहरुलाई कर्तव्य बोध गराउन सक्नु हो , जिम्मेवारी वोध गराउन सक्नु हो, हामी शिक्षक त्यति गर्न सफल हुनुपर्छ। यदि हामी आज उनीहरुलाई चोर्नु, ठग्नु , समयको दुरुपयोग गर्नु , अरुको अस्तित्वलाई स्वीकार गर्न नसक्नु, कुसंस्कार, कुरिति, कुविचार र भ्रष्टाचार गर्नु सामाजिक रुपमा निन्दनीय छन् भनेर बुझाउन सक्ने र सकेको भए अहिलेको वर्तमान सरकार जसलाई साउनको लागि लाखौ शिक्षक सडकमा धन्नै मैनौ दिनसम्म छन्, यो दुर्गति हुनेथिए। हिजोको शिक्षाक वर्तमान राजनैतिक नेतृत्व र सरकारलाई संस्कार दिन नसकेकै हो। हैन भने यो केको जात्रा हो?
निकास दिनुपर्दैन।
लाखौ विद्यार्थीको उत्तरपुस्तिका परिक्षण भएका छैनन्, लाखौ विद्यार्थीको परीक्षा भएको छैन। मैले हिजोको दिनदेखि जब बुझ्ने भए मेरो कारणले अरुलाई दुख दिनुहुन्न भन्ने रह्याे , आफ्नो हातमा भएको कारणले दुख दिएजस्तो लागेको छैन तर केही व्यवहारिक पक्ष छन ती व्यवहारिक पक्षले मलाई आत्मग्लानी पनि गरिरहेको हुन्छ र मैंले प्राथना गरिरहेको छु, त्यसबाट पनि मुक्ति र मोक्षको मार्ग।
- शिक्षकले पनि बुझ्नु पर्छ:
शिक्षकको कारणले विद्यार्थी प्रत्याणित हुनुहुँदैन।
शिक्षकको कारणले विद्यार्थीका अभिभावकको चित्त दुखाउनु हुँदैन।
अन्तमा आदरणीय शिक्षक तथा कर्मचारी मित्रहरु तपाईं हाम्रो स्थान दिने नै हो। त्यसैले तपाइँ हामीले यसको मर्म बुझ्नुपर्छ र हाम्रा ती अवोध बालबालिकालाई ज्ञानको ज्योतिले आत्मनिर्भर, आत्मनिर्णय गर्न सक्ने असल संस्कारी, राष्ट्र प्रेमको साथ मानवप्रेम भरिदिन सक्ने सोच तपाईं हामी सबैमा पलाओस जसले गर्दा अहिलेका जस्ता अँहकारी र अर्थहिन राजनैतिक नेतृत्व जो दुई रुप देखाउँछ सत्ता भित्र एक सत्ता बाहिर हुँदा अर्को यो नगर्ने जनशक्ति निकाल्ने सामर्थ्य हामीले राख्नुपर्छ। यो त्यो दिन मात्र सफल हुनेछ जुन दिन तपाईं हामीले कर्तव्य बोध गर्ने छौं र जागिरे मनस्थितिबाट बाहिर निस्की मन वचन र कर्मले आफुले रोजेको पेशामा रम्दै सदैव आफु मुस्कुराउँदै अरुलाई मुस्कुराउने बनाउन कोशिश गर्नेछौँ।
आज सबैले आत्मबोध गर्नुपर्ने छ:
विद्यालय संस्थागत हुन वा सामुदायिक ती बालबालिकाहरुका लागि नै हुन तर चिर्नुपरेको छ त्यो सोच:
हुनेखानेको लागि संस्थागत विद्यालय र नहुनेको लागि सामुदायिक।
यो भाष्यबाट बाहिर निस्कनुपर्छ।
सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई त्यो भन्ने छुट छैन: हामीले अध्यापन गर्ने विद्यार्थी आर्थिक व्युत्पन छैन।



