आज मिति २०८२ साल जेठ ७ गते वुधवारका दिन सुरेन्द्र ढकाल प्रतिष्ठानको आयोजना तथा प्रायोजन र हाम्रो अभियान फाउण्डेसन नेपालको संयोजनमा २१औं झोलमल उत्पादन तालीम र्पचकुमारी श्रध्दा प्रतिष्ठान मथरगाउ वानेश्वरको सभाकक्षमा सम्पन्न भयो । वानेश्वर थापा गाउ, मगर गाउ र सिडिओ टोलका ३९ जना महिला तथा पुरुषहरुले भाग लिनु भएको उक्त तालीम हाम्रो अभियान फाउण्डेसन नेपालकी कोषाध्यक्ष देवी कार्कीको स्वागत मन्तब्यबाट शुरु भएको थियो । प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले प्रयोगात्मक विधिबाट संचालन गर्नु भएको उक्त तालीममा तालीमपश्चात १५ दिनमै झोलमल उत्पादन हुन शुरु भए पछि करेशा वा कौशीवारीमा के कस्ता उपयोगी जडिबुटी वा तरकारी लगाउन सकिन्छ भन्ने वारेमा मदन वास्तोलाले प्रकाश पार्नु भएको थियो । तालीम सफल रहेको वा नरहेको भन्ने वारे सहभागीहरुको तर्फबाट आफनो मन्तब्य राख्दै शान्ती महतो, प्रभा मैनाली र रीता रावतले तालीम निकै उपयोगी भएको र यस्ले सहभागी महिलाहरुलाई करेशावारी र कौशीखेतीगर्न उत्साहित गरेको भन्दै तालीम आयोजना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नु भयो । शान्ती महतोले आफुले पनि गमलामा जडिबुटी लगाएको भन्दै अरुलाई पनि त्यस्तै गर्न प्रोत्साहित गर्नु भएको थियो । तालीम पश्चात प्रतिष्ठानले सबै सहभागीहरुलाई प्रमाण पत्र लगायत एक एक पोलिथिन ड्रम र एकएक बोतल जिवाणु निशुल्क वितरण गरेको थियो कार्यक्रमको ब्यवस्थापन सुजित थापाबाट भएको थियो ।









