पुर्व माओबादी नेता तथा पुर्व प्रधानमन्त्री डाक्टर, डा.बाबुराम भट्टराईसंग हामी किन पार्टी एकता गर्ने – पुष्पकमल दाहाल “प्रचण्ड “

बाबुराम भट्टराईसँग एकता हुन नसक्नुको भित्री कुरा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख खोलेका छन् ,साथै उनि भन्छन् – “बाबुरामसँग हामीले एकता गर्ने भनेकै त हो नि ! गोरखामा चुनाव लड्दा हाम्रो नारायणकाजी कमरेड, म, बाबुरामले लहै अब चाहिँ यो चुनावमात्रै होइन अब पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर, उहाँले पछि कम्युनिष्टको नाम सुन्न चाहनुहुन्न । कम्युनिष्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामीले के मर्ने बाबुराम जी को लागि ?
उहाँ त खिइँदै खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ । प्रतिक्रियावादीले नै उहाँलाई पत्याउन छाडी सक्यौ अहिले । हाँसोको पात्र भएका छन् अचेल बाबुराम । देशको सबैभन्दा कस्तो बुद्धि नभएको डाक्टर हो उहाँ । सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले । त्यस्तासँग के लागि अनि किन हामी एकता गर्ने ?"


