काठमाडौ २०८१ साल फागुन २४ गतेका दिन १६औ झोलमल उत्पादन तालीम सम्पन्न भएको छ । सुरेन्द्र ढकाल प्रतिष्ठानको आयोजना तथा प्रायोजन र हाम्रो अभियान फाउण्डेसन नेपालको संयोजनमा भएको उक्त तालीममा ५० जना सहभागी र १५ पर्यवेक्षक गरी ६५ जनाले झोलमल उत्पादन गर्ने शीप हासिल गरेका छन । वानेश्वर मगर गाउ स्थित पंचकुमारी श्रध्दा प्रतिष्ठानको हलमा सम्पन्न भएको तालीम कार्यक्रम देवी कार्कीको स्वागत मन्तब्यबाट शुरु भएको थियो भने सुरेन्द्र ढकाल प्रतिष्ठानको उध्देश्य र क्रियाकलापवारे प्रतिष्ठानका मानार्थ सदस्य डि वि थापाले जानकारी दिनु भएको थियो । प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले प्रयोगात्मक विधिबाट झोलमल उत्पादनको तरिका सिकाउनु भएको थियो भने झोलमल उत्पादन पश्चात करेशा र कौशी वारीमा के कस्ता तरकारी र जडिबुटी खेतीगर्न सकिन्छ भन्न वारे मदन वास्तोलाले बताउनु भएको थियो । तालीम पश्चात तालीमको मल्यांकन गर्र्दै महिला सहभागीहरुको तर्फबाट यसोदा उपाध्याय र पुरुष सहभागीहरुको तर्फबाट शरद कुमार श्रेष्ठले तालीम निकै उपलब्धीपूर्ण भएको र यसले घरमै तरकारी उत्पादन भई आत्मनिर्भर वन्न र भान्साबाट निस्कने वस्तुबाट झोलमल उत्पादन हुनेहूदा कुहिने फोहरको घरमै ब्यवस्थापन भइ शहरी समुदाय स्वच्छ र सफा रहने बताउनु भयो । तालीम पश्चात सबै सहभागीहरुलाई प्रतिष्ठानले झोलमल उत्पादनको लागि आवश्यक पोलिथिन ड्रम र एकएक वोतल जिवाणु निशुल्क उपलब्ध गराएको थियो ।







