जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता भएको छ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता भएको छ। अब पार्टीको नाम नागरिक जनमत पार्टी हुनेछ। रेशम चौधरी संरक्षक, सिके राउत कार्यकारी अध्यक्ष र रन्जिता श्रेष्ठ तेस्रो वरीयतामा रहनेछन्। चुनाव चिह्न ढकिया रहनेछ र झण्डा कलेजी रङको हुनेछ। अब यो नयाँ पार्टीसँग संसदमा १० सिट हुनेछ।