
बुढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिले वडा नं. २ का नागरिकहरूसँग “नागरिकसँग न्यायिक समिति” संवाद कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा टोल विकास संस्था, सुधार समिति, उपभोक्ता समिति, महिला समूह, शिक्षक, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि तथा बुद्धिजीवीहरू सहभागी भएका थिए। कार्यक्रममा न्यायिक समितिको भूमिका, ई-जस्टिस प्रणाली, नागरिकको पहुँच बढाउने उपाय, सामाजिक सद्भाव र न्यायिक प्रक्रियामा सुधारका लागि छलफल गरिएको थियो। २०८२ जेष्ठ ९ मा बिहान ७:०० बजेदेखि वडा कार्यालयको परिसरमा सम्पन्न यस कार्यक्रम मार्फत न्याय प्रणालीमा पारदर्शिता र जनसहभागिता बढाउने लक्ष्य राखिएको छ। न्यायिक समितिले यसरी स्थानीयस्तरमा न्यायप्रति जनताको विश्वास बढाउने प्रयास गरेको छ।


