चलचित्र विकास बोर्डको नयाँ सदस्य बिरेन्द्र भट्ट नियुक्त

चलचित्र विकास बोर्डमा मन्त्रीस्तरीय निर्णयबाट सदस्यमा बिरेन्द्र भट्ट नियुक्त भएका छ्न।

चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, सदस्य-सचिव राजेशकुमार थापा, सदस्य सन्तोष लोहनी तथा सम्पूर्ण बोर्ड परिवारले औपचारिक रूपमा स्वागत गरियको थियो ।

उहाँको अनुभव, दूरदृष्टि र सक्रिय सहभागिताले नेपाली चलचित्रको समृद्धि र विकासमा नयाँ गति ल्याउने पूर्ण विश्वासका साथ हार्दिक शुभकामना व्यक्त गर्दछौं। स्वागत कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताउनु भयो।