गोकर्णेश्वर नगरपालिका गर्यो घर पालुवा तथा सामुदायिक कुकुर विरालो व्यवस्थापन सूचना

गोकर्णेश्वर नगरपालिकाको कुकुर बिरालो व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१ बमो घरपालुवा तथा सामुदायिक कुकुर बिरालो को उचित व्यवस्थापन गर्न र सामुदायिक कुकुर बिरालो को नगरपालिकाबाट हरेक वर्ष संचालन हुने रेविज विरुद्धको खोप लगाउने र बन्ध्याकरण गर्ने कार्य भैरहेको जानकारी गराईन्छ । साथै घरपालुवा कुकुर बिरालोको हकमा कुकुर तथा बिरालो पालन गर्दै आउनु महानुभावहरुले कुकुर बिरालो दर्ता गराई सेवा लिनु पर्ने भएकोले वडाको सिफारिस गराई यस नगरपालिक पशु विकास शाखामा यो सूचना प्रकाशित भएको मितिले तिन महिना भित्रमा दर्ता गराई उल्लेखित सेवा हुन सूचना गरिन्छ ।

दर्ता का लागि आवश्यक कागजातहरः

१. पशु धनिको नगरिकताको प्रतिलिपि,

२. पशु धनीको पासपोर्ट साइज फोटो २ प्रति,

३. पशुको पासपोर्ट साइज फोटो २ प्रति र
४ खोप लगायको खण्डमा पसुको खोप कार्ड