गृहमन्त्री रमेश लेखकले विवाह गर्ने उमेर घटाएर १८ वर्ष बनाउन प्रस्ताव

विवाह गर्ने उमेर १८ वर्ष कायम गर्ने सरकारको प्रस्ताव, सांसदहरू पनि घटाउनुपर्ने पक्षमा

मन्त्री लेखकले आइतबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विवाहको उमेर घटाउन प्रस्ताव गरेका हुन्।

गृहमन्त्री रमेश लेखकले विवाह गर्ने उमेर घटाएर १८ वर्ष बनाउन प्रस्ताव गरेका छन्।

अहिले विवाहका लागि २० वर्षको उमेर हद छ। बैठकमा अधिकांश सांसदले पनि विवाह गर्ने उमेर १८ वर्षमा झार्नुपर्ने बताएका थिए।

जसपाकी सांसद रज्जु झाले यसअघि हचुवामा विवाह गर्ने उमेर बढाइएको बताइन्।

‘विवाहको उमेर के आधारमा २० वर्ष राखियो म अलमलमा छु। सर्वेक्षण गरौं। हतारमा निर्णय गर्यो, उनले भनिन्, ‘मन मिले लिभिङ टुगेदर नत्र जबर्जस्ती करणी? विवाहको उमेर घटाउनुपर्छ।’