काठमाडौँ महानगरपालिकाले सुरु गर्यो गुणस्तर जाँच गर्न घुम्ती प्रयोगशाला के के परिक्षण गर्न मिल्छ

काठमाडौँ महानगरपालिकाले बजारमा बेचिने खाद्यपदार्थको गुणस्तर जाँच गर्न घुम्ती प्रयोगशाला सञ्चालन गरेको छ। यस प्रयोगशालाबाट फलफूल, तरकारी, दूध, पानी, तेल, मिठाइ लगायत २४ भन्दा धेरै प्रकारका परीक्षण तुरुन्त गर्न सकिन्छ।

खाद्य स्वच्छता र सुरक्षा सुनिश्चित गर्न कामपा र सम्बन्धित विभागको टोलीले अनुगमन गरिरहेको छ। मिठाइमा रङको मिसावटदेखि लिएर दूधमा नुन वा चिनी मिसाइएको छ कि छैन भन्ने कुरा पनि यिनै उपकरणले तुरुन्तै देखाउँछ।