काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले शुन्य बेरुजु कार्ययोजना बनाउन समिति गठनका लागि निर्देशन

शून्य बेरुजु बनाउने कार्ययोजना निर्माण गर्न समिति गठन : १५ दिनभित्र प्रतिवेदन बुझाउन उपप्रमुखको निर्देशन

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले शुन्य बेरुजु कार्ययोजना बनाउन समिति गठनका लागि निर्देशन दिनुभएको छ । समितिमा वित्त विभाग, प्रशासन विभाग, कानुन तथा मानव अधिकार विभाग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइ र आन्तरिक लेखा परीक्षण एकाइका अधिकारीहरु रहनुहुनेछ । उहाँले आज आर्थिक वर्ष २०८०/०८१ मा देखिएका वेरुजुका प्रकृति र फस्र्यौट प्रक्रियाका विषयमा छलफल गर्दै आफ्नै कार्यकक्षमा प्रशासन विभाग, राजस्व विभाग, वित्त विभाग, सार्वजनिक निर्माण विभाग, स्वास्थ्य विभाग, शिक्षा विभाग, सम्पदा तथा पर्यटन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख तथा प्रतिनिधि अधिकारीलाई प्रकृतिका आधारमा फर्स्यौटको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको हो । यस क्रममा उहाँले भन्नुभयो, ‘विगतको बेरुजु फर्स्यौट गर्नु र आगामी आर्थिक वर्षलाई बेरुजु शून्य बनाउने कार्ययोजना बनाउनु अहिलेको पहिलो काम हो ।