२०८२/०१/२४
निमित्त प्रधानाध्यापक श्री चन्द्र कान्त पण्डित
पशुपति मित्र माद्यमिक विद्यालय चाबहिल काठमाडौं
कलियुगको म कस्तो म:
- सबै भन्दा जान्ने म अरु केही नजान्ने, कर्तव्य के हो बोध हुँदै नहुने तर अधिकार चाँही सबै आफैँलाई चाहिने।
- आफु र आफ्नो क्षमता माथि कहिल्यै विश्वास नगर्ने तर परनिर्भतालाई विश्वास गर्ने।
- दिइएको जिम्मेवारी पुरा नगर्ने तर अरुका कुरा सुन्ने र त्यसैमा बहकिने।
- अरुले केही गर्दा गलत हुने तर आफुले त्यही गर्दा उच्चकोटिको छ भन्ठान्ने ।
- आफुलाई नै सर्वोच्च ठान्ने प्रवृत्तिको हुने र अरुको अस्तित्व स्वीकार नगर्ने ।
- असाध्यै लोभी – धन, सत्ता, र भौतिक सुखका लागि अतिशय लालायित हुन्छन् अर्थात मै खाउँ मै लाउँ सुखसयल वा मोज मै गरु अरु सबै मरुन दुर्बलहरु।
- धर्मभन्दा दूर धार्मिक आस्था कमजोर हुन्छ, कर्मकाण्ड र आडम्बर मात्र बढ्छ मन्दिरमा जाने पुजा पाठ पनि गर्ने तर त्यो पुजापाठ कसको लागि हो भनी हेक्का नभएकाे हुने।
- क्रोधित र अधैर्य – सानो कुरामा झर्कने, सहनशक्ति कम हुने प्रवृत्ति र कर्तब्य बोध सुन्यता।
-छल–कपट – सत्यभन्दा झूठ, धूर्तता, र कपट प्रचलित हुने र त्यसैमा रमाउने। - घरमा परिवार समाल्न नसक्ने तर बाहिर ठूला कुरा गर्ने।
- उ आफुलाई इमान्दार सम्झन्छ तर गर्नुपर्ने र उ कसको अधिनमा छ बुझ्दैन
- उ दयालु सम्झन्छ तर दया के हो थाहा छैन।
- उ साहसी सम्झन्छ तर उ साहसिलो काम गर्न सक्दैन।
- उ विनम्रतालाई कमजोरी सोच्दछ।
- उसलाई लाग्छ उ मेहनती छ तर त्यो मेहनत के हो बुझ्दैन्।
- उ अल्छि पनि हुन्छ, त्यति गरिहाल्छु नि भन्छ तर त्यो कहिल्यै समयमा पुरा गर्दैन।
- उ मिलनसार छु जस्तो लाग्छ तर मिलनसार केहो त्यो जीवनमा उतार्दैन।
- उ स्वार्थी छ। स्वार्थको मात्र कुरा हुन्छ। सियो बनी पसेर उसले मुसल बन्ने प्रयास गर्छ तर अन्तमा झुट झुट नै हुन्छ।
– उ आफुलाई उदार सम्झन्छ तर उ जहाँ छ त्यसलाई उसले गद्दार गरिरहेको हुन्छ।
– उ अरुको डाह मात्र गरिरहन्छ।
– उ नम्र बन्न चाहदैन।
– उ अति घमण्डी छ।
– उ व्यक्ति प्रति होइन तर जहाँ उसलाई रोजी र रोटी दिएको छ उ प्रति वफादार बन्न सकेको हुँदैन किनकि उसलाई वफादार के हो भन्ने बुझेको हुँदैन।
– उ लोभी छ।
– उ बुझ्दैन आदर केहो र कसलाई गर्नुपर्छ।
– उ अभद्र छ।
जव त्यो “म “मा काम, क्रोध, लोभ, मोह र अँहकारले वास गर्छनि उ सदैव गतिहिन, उदेश्यहिन, चरित्रहिन, र उ अन्तमा अस्तित्वहिन हुन्छ जसले उसलाई मानव भएर वस्ने छुट समेत दिदैन्। अनि पश्चातापमा डुब्दै मानसिक सन्तुलन गुमाउँदै धर्तिको बोझ हुने छ: अनि त्यो ‘म’ जहाँ निस्कन्छ नि भन्न थाल्छन् उसलाई मुर्दावाद! - ले ले जनता खुकुरी ले त्यो ‘म’ लाई छप्काइदे!
- अनि जहाँ सर्वसाधरण त्यो ‘म’लाई देख्छन् नि टाउको मर्काउँछन मौका पर्नासाथ कालोमोसो दलिदिन्छन्। त्यसैले सावधान कलियुगको ‘म’ !
त्यति हो सम्झी राख त बलियो छँदै छैन जव आँखाले नदेख्ने भाइरसले आक्रमण गर्छ नि तँ त्यो ‘म’ कहीँ कसैको लागि योग्य हुँदैन स । आज तँलाई ठिक भन्ने भोलि तँलाई जुम्राले मृत शरिरलाई छोडे झैं छोडिदिने छन।
एकपटक बुझ्नुपर्छ कलियुगको “म” ले आफुभन्दा सानोलाई माया र ठुलोलाई आदर, त्यसपछि एकले अर्को मानिसलाई चाहने होइन उसको कामलाई नै। त्यसैले कलियुगको “म” घमण्ड गर्न छोड नत्र King Ozimandus जस्तै हुनेछ। त्यो अरुको पिछा गर्ने “म” को पछि सधै कोही लागिरहेको हुँदैन।
होशियार कलियुगको “म”!



