एमाले पनि शक्ति प्रदर्शन गर्दै -९ गतेको पार्टी स्थापना दिवस एक लाख युवा सहभागी गराउने

नेकपा एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ। एमाले जनसंगठन समन्वय संयन्त्रले आगामी वैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सव ऐतिहासिक बनाउने निर्णय गर्दै ४० वर्ष नकटेका १ लाख युवालाई सहभागी गराउने जनाएको छ।