नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीका सहइन्चार्ज पद खारेज गरेका छन्। दुई महिना अघि गरिएको फेरबदलपछि, सहइन्चार्जको जिम्मेवारी हटाउँदै पार्टी कामको सुधार गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ। माओवादीका नेताहरूले कार्यविभाजनमा असन्तुष्टि जनाएपछि सहइन्चार्ज प्रणाली खारेज गरिएको हो। अब प्रदेश समन्वय समितिले काम गर्ने निर्णय भएको छ।



