कागेश्वोरी मनोहरा-७,हरहरमाहादेवमा संचालित एकलब्य शिक्षा सदनले शुभश्री ब्यङ्क्वेटमा करीब चार सय अभिभावक र विद्यालय बिचमा अत्यन्तै सौहाद्रपुर्ण बाताबरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो ।

विद्यालयका प्राधानाध्यापक याम बहादुर कार्कीले संचालन गरेको कार्यक्रममा विद्यालयका सुपरभाइजर झम्क बहादुर बस्नेतले उपस्थित अभिभावकहरुको स्वागत गर्दै कार्यक्रमको बारेमा प्रकाश पार्नु भयो।२१औ शताब्दी सुहाउँदो शिक्षा र बजारमा प्रतिस्पर्धा गर्न सक्ने सबल र सक्षम विद्यार्थीहरु उत्पादन गर्ने उद्देश्यलाई पूरा गर्न बिध्यालयकोअध्ययन अध्यापनलाई प्प् प्रविधि मैत्री(Digitalization)गर्दै लैजाने धारणा प्रधानाध्यापक कार्किले बताउनु भयो।कार्यक्रममा विद्यालय का परामर्शदाता (Consultant) ढुन्डिराज गिरिले कार्यक्रममा आधारित( Actvity Based) कक्षाहरु सन्चालन गरि विद्यार्थिहरुलाइ प्रोत्साहित गर्ने बताउनु भयो।

त्यसैगरी विद्यालयले आगामी शैक्षिकसत्र( Session)२०८२ देखि सिकाइलाइ नया ढंगले अगाडि बढाउदै एकलब्य Innovative Centre को Hub बनाउने योजना बनाएको बताउनु भयो।आगामी शैक्षिक सत्रदेखि बिद्यार्थिहरुलाइ आर्थिक अनुशासनमा अभिप्रेरित गराउदै बिद्यालयको अग्रसरतामा खुत्रुके बचत योजना संचालन गरि उनिहरुबाट संकलित रकमलाइ कुनै बैंकसग सन्झौता गरि प्रत्येक बिद्यार्थिको खातामा रकम जम्मा गरिदिने जसले उनिहरुलाइ भविस्यमा केहिमात्रामा सहयोग गर्नेछ र अनावश्यक रकम खर्च गर्ने बानी बाट रकम जम्मा गर्ने सोचाइको बिकास हुनेछ।






