प्रधानमन्त्री केपि शर्मा ओलिद्रारा – गौरादह नगरपालिकामा नगर अस्पतालको भवन सिलन्यास

झापा गौरादह नगरपालिका वडा नम्बर १ स्थित नगर अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको अस्पतालको आज शिलान्यास गरेका छन् । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनतालाई समेत उपचारको सुविधा दिनसक्ने बताए । आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताए । 

मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्रीले आग्रह गरे। कार्यक्रममा नेकपा यमालेका केन्द्रिय नेता तथा पुर्ब कानुन मन्त्री अग्नि खरेल, केन्द्रिय सल्लाहकार कमिटी सदस्य हरि कुमार पोखरेल नगर प्रमुख , उपप्रमुख उपस्थित हुनुहुन्थ्यो ।

दुई बिघामा रु १२ करोड ५९ लाख ७९ हजार ४९६ को लागतमा २०८३ साल माघ १४ भित्र बन्नेगरी जे एण्ड जे निर्माण सेवासँग सम्झौता भएको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकामा जग्गाप्राप्तिमा विलम्ब भएका कारण गौरादहमा अस्पताल भवन निर्माण सुरु हुन सकेको थिएन । तेसै गरि नगर प्रमुख तथा सिलायन्स कार्यक्रमका अध्यक्ष छत्रपती सुबेदिले पनि अब स्थानीय जनताले स्वास्थ सेवा पाउन टाढा जानू पर्दैन यहि नगर भित्र सर्व सुलभ तरिकाले सेवा पाउने दाबी गर्नु भयो। कार्यक्रम नगर पुमुख प्रसाशकिय अधिकृत कृस्ण सुबेदीले संचालक गर्नु भएको थियो।