अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई हड्डीसम्म फैलियो उच्च-ग्रेड प्रोस्टेट क्यान्सर

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई हड्डीसम्म फैलिएको उच्च-ग्रेड प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ। ८२ वर्षीय बाइडेनले पिसाबमा समस्या देखिएपछि गत हप्ता डाक्टरसँग परामर्श गरेका थिए। परीक्षणपछि ग्लीसन स्कोरमा १० मध्य ९ को चित्रण गर्छ ।

रिपोर्ट अनुसार आक्रामक क्यान्सर देखिएको हो, जसले क्यान्सर छिटो फैलिने संकेत गर्छ। क्यान्सर विशेषज्ञहरूका अनुसार अहिले बाइडेनको उपचार सुरु भइसकेको छ र उनी चिकित्सकको निगरानीमा छन्।