अब भौतिक रूपमा उपस्थित नभइ कम्पनी दर्ता खारेज गर्न पाइने

काठमाडौँ । अबदेखि भौतिक रूपमा उपस्थित नभइ कम्पनी दर्ता, खारेज गर्न पाइने भएको छ । सोमबारदेखि कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइन माध्यमबाट कम्पनी दर्ता तथा खारेज गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ । 
कम्पनी संस्थापना, सञ्चालन तथा प्रशासन सम्बन्धी कार्यलाई सहज, सरल र थप पारदर्शी बनाउनका लागि कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (CAMIS htps://camis.ocr.gov.np/) का सबै मोडयूलहरूलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ ।

प्रयोगकर्ताहरूबाट प्राप्त सुझावहरूलाई समावेश गरी परिमार्जित रूपमा प्रणाली कार्यान्वयनमा ल्याइएकाले यसबाट कम्पनी प्रशासनको कामकारबाही पूर्णरूपमा अनलाइन माध्यमबाट सम्पादन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘यस प्रणालीको प्रयोग गरी भौतिक रूपमा कार्यालयमा उपस्थित नभइकन कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गर्न सकिनेछ ।’